Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई कांग्रेस सचेतक लेखकको प्रश्न – तपाईंले धोका दिएकाहरू सबै एकजुट भए के होला ?

    प्रधानमन्त्रीलाई कांग्रेस सचेतक लेखकको प्रश्न – तपाईंले धोका दिएकाहरू सबै एकजुट भए के होला ?

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 426
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएकाहरू कुनै दिन मिल्ने अवस्था आउन सक्ने टिप्पणी गरेका छन् ।

    बिहीवारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले यस्तो टिप्पणी गरेका हुन्। सचेतक लेखकले दाहालकै चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे उल्लेख गरे ।



    प्रमुख सचेतक लेखकले भने, ‘हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?’जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो ।’



    उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले सबैलाई धोका दिएको बताए । उनले दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको बताए ।

    सचेतक लेखकले यस्तो घटनाले मुलकुलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको बताए ।

    उनले गठबन्धनकाप्रति सदासयता र इमानदारिता देखाउँदा देखाउँदै पनि गठबन्धन भत्काउने विश्वासघात भएको उल्लेख गरे ।

    नेता लेखकले आफूलाई धोका दिनेलाई ‘लात्तीले हान्दिन्छु’ भन्ने प्रचण्डको अभिव्यक्ति शोभनीय नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार