Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • वर्तमान सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्यो : रमेश लेखक

    वर्तमान सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्यो : रमेश लेखक

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 219
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको आरोप लगाएका छन् ।

    आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।



    सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष छ ।



    प्रमुख सचेतक लेखकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको बताए । लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए ।

    बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य भएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको मुख्य सचेतक लेखकले बताए ।

    लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरुले २ दिन मात्रै संसद अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार