Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रेशम चौधरी भन्छन् – पार्टी सिध्याउने खेल भयो, न्याय मरेपनि म मरेको छैन

    रेशम चौधरी भन्छन् – पार्टी सिध्याउने खेल भयो, न्याय मरेपनि म मरेको छैन

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 567
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि उनले पार्टी सिध्याउने खेल भएको बताए छन्।

    निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको नयाँ कार्यसमितिलाई मान्यता नदिएपछि चौधरीले यस्तो टिप्पणी गरेका हुन् । चौधरीले पटक पटक न्याय मरेपनि आफू नमरेको बताएका छन् ।



    चौधरीले फेसबुकमार्फत प्रतिक्रिया दिँदै भनेका छन्,‘नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल । हामी हरेश खान्नौँ । पटक पटक न्याय मरेपनि म मरेको छैन । चाल बुझेको थिएँ, बाघचाल हो भन्ने थाहै भएन। बाघ बूढो भएपछि बस्तीमा पस्छ रे, बस्तीमा गोरु खान पल्केका सबै बाघ बनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न । जय नागरिक।’



    अदालतबाट टीकापुर घटनाका मुख्य दोषी ठहर भएका चौधरी सरकारबाट आममाफी पाएपछि कैलालीको टिकापुरमा भएको पहिलो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

    पछिल्लो विवरण अध्यावधिक नभएकाले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टीको साविकको विवरण नै कायम रहने निर्वाचन आयोगले जनाएको छ।

    यसअघि चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष रहेकी थिइन्। उनको कार्यसमितिलाई आयोगले मान्यता दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार