Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दुर्गा प्रसाईँ लक्षित वर्षमानको चेतावनी – बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ

    दुर्गा प्रसाईँ लक्षित वर्षमानको चेतावनी – बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् ।

    बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।



    उनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्न हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए ।



    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको पुनले जानकारी दिए ।

    भेटमा अध्यक्ष केसीसहित संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार