Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • शहरी बिकास मन्त्री बुढालाई बदनाम गराउन दलालहरू सक्रिय, भवन बिभागको डीजीका लागि करोडौंको बोलकबोल

    शहरी बिकास मन्त्री बुढालाई बदनाम गराउन दलालहरू सक्रिय, भवन बिभागको डीजीका लागि करोडौंको बोलकबोल

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 903
    SHARES

    काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री धनबहादुर बुढाले छ महिनामात्र जागिर अवधि रहेका सहसचिव कुमार घिमिरेलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाउन लागेका छन् ।

    स्रोतका अनुसार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरणका प्रमुख सहसचिव घिमिरेले महानिर्देशक हुनका लागि निवर्तमान शहरी विकास मन्त्री सिता गुरुङलाई चार करोडको प्रस्ताव लगेका थिए । केही टोकन समेत दिइसकेको अवस्थामा अकस्मात गठबन्धन परिवर्तन भई कांग्रेस सरकारबाट बाहिरियो ।



    गुरुङ मन्त्रीबाट पदमुक्त भएपछि सहसचिव घिमिरेले सोही प्रस्ताव नवनियुक्त मन्त्री बुढालाई राखेको स्रोतको दावी छ । स्रोत भन्छ–‘उक्त प्रस्तावमा सकारात्मक बनेका मन्त्री बुढाले घिमिरेलाई महानिर्देशक बनाउने तयारी थालिसकेका छन् ।’



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवा विमानस्थल हुँदै लुम्बिनी विकास कोषका अरबौंका ठेक्का सेटिङमा लिइएका ‘ठेकेदार मन्त्री’ बुढाले सम्भवत आजै घिमिरेलाई महानिर्देशक बनाउन सक्ने मन्त्रालय स्रोत बताउँछ ।

    घिमिरे सहरी विकास मन्त्रालय अन्तर्गतका जुनसुकै कार्यालयमा हुँदा पनि अनियमिततामा मुछिदै आएका सहसचिव हुन् । उनी सानो रकम समेत लिन पछि नपर्ने सहसचिवका रुपमा चिनिन्छन् ।

    संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरणले राष्ट्रपति, उपराष्ट्रपतिलगायत पाँच विशिष्ठ पदाधिकारी तथा मन्त्रीहरुका लागि सबै सामानहरु खरिद गर्ने काम गर्दछ ।

    कार्यलय प्रमुख घिमिरे र स्टोरकिपर पशुपति पोखरेलले सामान नै खरिद नगरी फर्जि विल बनाएर करोडौं घोटाला गर्दै आएका छन् । प्रायजसो मदिरालयमा भेटिने उनी यो वर्षको बजेटबाट पीसी उठाएर अवकाश हुँदा एकमुष्ट कमाएर जाने दाउमा छन् ।

    सामान्यतया एकवर्ष जागिर अवधि नभएका कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी नदिने प्रचलन चलिआएको छ ।

    सहरी विकास मन्त्रालयमा पदम कुमार मैनालीलगायतका वरिष्ठ सहसचिव हुँदाहुँदै कनिष्ट र चार महिनामात्रै कार्यकाल रहेका घिमिरेलाई महानिर्देशक बनाउने बाध्यता मन्त्री बुढालाई किन आईपर्यो ? भन्ने प्रश्न उठेको छ । भवन विकासको महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठको फागुनन १७ गते अनिवार्य अवकास भएपछि उक्त पद रिक्त छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार