Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बागलुङ बस दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त

    बागलुङ बस दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 483
    SHARES

    काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बागलुङमा दुर्घटनामा परेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।



    सोमबार बागलुङको निसीखोलामा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना यात्रु घाइते भएका छन् ।



    ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु,’ उनले भनेका छन् ।

    बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायसहित आवश्यक योजना निर्माण गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री प्रचण्डले आग्रह पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार