Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • साथीको हत्या गरेर फरार भएका तेजबहादुर २१ वर्षपछि पक्राउ

    साथीको हत्या गरेर फरार भएका तेजबहादुर २१ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 348
    SHARES

    काठमाडौं । साथीको हत्या गरेर फरार भएका व्यक्तिलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान घर भएका ४१ वर्षीय तिखे भनिने तेजबहादुर राई छन् ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई २१ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको हो।



    राईले २१ वर्षपछि २०५९ असोज १४ गते काठमाडौं महानगरपालिका–२९ मरुढोका इनाटोलस्थित राँगा काट्ने बधशालामा सञ्जय शाहीको हत्या गरेका थिए।

    इनाटोलका स्थानीय बासिन्दा शाहीसँग मदिरा सेवन गरेर भनाभन भएपछि राईले हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    विनोद शाहीले सञ्चालन गरेका बधशालामा हत्या गरेर शाहीको शव विष्णुमति खोला किनारमा फालिएको थियो । हत्या पछि राई भारत पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार