Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कार्यकर्ताहरुलाई अहङ्कार हटाउन एमाले अध्यक्ष ओलीको निर्देशन

    कार्यकर्ताहरुलाई अहङ्कार हटाउन एमाले अध्यक्ष ओलीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 303
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई अहङ्कार हटाउन र विनम्र बन्न निर्देशन दिएका छन्।

    एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले नेता कार्यकर्तामा अहङ्कार बढेको आभास पाएको भन्दै अहङ्कार हटाएर विनम्रता हासिल गर्न निर्देशन दिए।



    अध्यक्ष ओलीले भने, ‘अहङ्कार हटाउनुस् । विनम्रता हासिल गर्नुस् । हरेक दिनको तपाईँसँग नोट हुनुपर्छ कि आज मैले के गरेँ ? हरेक दिन के गर्दै हुनुहुन्छ योजना हुनुपर्छ । यति समयभित्र यी सदस्य र कमिटी बनाउँछु । योजनाबद्ध काम गर्नुभएन भने केही हुँदैन ।’

    अध्यक्ष ओलीले कतिपय पार्टी कमिटीमा आफूले आलोपालो जस्ता कुरा सुनेको भन्दै त्यस्तो कुरा विचारहीन मान्छेले मात्रै गर्ने बताए ।

    अध्यक्ष ओलीले मानिस असफल हुँदै गएपछि फ्रस्टेसनमा जाने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार