Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेप्सेमा ३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    नेप्सेमा ३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 237
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंक घटेको छ ।

    सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । आज कारोबार भइरहँदा नेप्से अधिकतम २०८४ अंकसम्म पुगेको थियो ।



    कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चियो ।



    कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो ।

    गोर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

    हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ६७२ रुपैयाँ ७० पैसा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार