Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेप्सेमा १५ अंकको गिरावट, ४ अर्बको कारोबार

    नेप्सेमा १५ अंकको गिरावट, ४ अर्बको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 270
    SHARES

    काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

    नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको हो।बिहीबार नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार भएको छ ।



    उक्त दिन कारोबारमा आएकामध्ये ४९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १८७ कम्पनीको भट्यो भने बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।



    बिहीबार ५२ हजार ३ सय १७ वटा कारोबारबाट १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर किनबेच भए ।

    ती किनबेचमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम धेरै हो । बुधबार ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार