Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आईपीएल

    धोनीले ऋतुराजलाई सुम्पिए चेन्नई सुपर किंग्सको कप्तानी

    धोनीले ऋतुराजलाई सुम्पिए चेन्नई सुपर किंग्सको कप्तानी

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 549
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनमा ऋतुराज गायकवाडले चेन्नई सुपर किंग्सको कप्तानी गर्ने भएका छन् ।

    आईपीएलको नयाँ सिजनमा चेन्नई सुपर किंग्सको कप्तानमा महेन्द्रसिंह धोनी देखिनेछैनन् ।



    चेन्नई सुपर किंग्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आगामी टाटा आईपीएल २०२४ का लागि महेन्द्रसिंह धोनीले सीएसकेको कप्तानीस ऋतुराज गायकवाडलाई सुम्पिएका छन् ।’ ऋतुराज सन् २०१९ सीएसकेमा आबद्ध छन् । उनले अहिलेसम्म आईपीएलमा ५२ खेल खेलिसकेका छन् । ऋतुराजले अहिलेसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । उनले ओडीआईमा ११५ रन बनाएका छन् । त्यस्तै उनले १९ ट्वाान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ५ सय रन जोडेका छन् । आईपीएलमा सन् २०२० मा उनले डेब्यु गरेका थिए । सन् २०२१ को आईपीएल सिजनमा ऋतुराज गायकवाड सबैभन्दा बढी रन बनाउने खेलाडी थिए । उक्त सिजनमा उनले १६ खेलमा ६३५ रन बनाएका थिए । उक्त सिजनमा उनले राजस्थान रोयल्सविरुद्ध नटआउट १०१ रन बनाएका थिए । आईपीएल२०२४ को सिजन शुक्रबारदेखि सुरु हुँदैछ । यस सिजनको पहिलो खेल चेन्नईस्थित एम ए चिदाम्बरम रंगशालामा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुँदैछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार