Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएलको १७ औं संस्करण आजदेखि, सीएसके र आरसीबी भिड्दै

    आईपीएलको १७ औं संस्करण आजदेखि, सीएसके र आरसीबी भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 534
    SHARES

    एजेन्सी । १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) आजदेखि शुरू हुँदैछ ।

    १० टिमले प्रतिस्पर्धा गर्ने आइपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्स र तीन रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।



    पाँचपटकको च्याम्पियन चेन्नइ सुपर किङ्सलाई हालसम्म उपाधिविहीन रोयल च्यालेन्जर्स बैंग्लोरले चुनौती दिँदैछ ।



    यी दुई टिमबीचको खेल शुक्रबार राति ८ः१५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा शुरू हुनेछ । दुवै टिम जितका साथ प्रतियोगिताको सुरुवात गर्ने सोचमा छन् ।

    सीएसकेले महेन्द्रसिंह धोनीको सट्टा टिमको कमान ऋतुराज गायकवाडलाई सुम्पिएको छ ।

    नेपाली समयअनुसार आज राति सवा ८ बजे चेन्नइको एमए चिदम्बरम स्टेडियममा सुरु हुने खेलमा कप्तान भलै डुप्लेसी र गायकवाड हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार