Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल प्रहरीको कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न

    नेपाल प्रहरीको कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 13.3K
    SHARES

    नवलपरासी । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

    प्रहरी महानिरीक्षक (आईजीपी )बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा दिक्षान्त समारोह सम्पन्न गरिएको हो ।



    समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।



    प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग उनले निर्देशन दिएका थिए ।

    समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार