Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 342
    SHARES

    काठमाडौं। नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।



    एमालेको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ ।



    सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।

    सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस भएका थिए ।

    यस्तै एमाले प्रदेश सभा अन्तर्गत बझाङ १ बाट दामनबाहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार