Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आयरल्याण्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

    आयरल्याण्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 297
    SHARES

    काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ‘ए’ टीमले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

    टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको हो ।



    आयरल्यान्डका लागि ओपनिङ ब्याटर स्टेफिन डोहिनीले सबैभन्दा बढी ४६ रन जोडे। कुशल भुर्तेलको बलमा क्याच भएका उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।



    उनीबाहेक आयरल्यान्डका शीर्ष आठ मध्ये ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका करण केसीले आयरल्यान्डका ओपनर मार्क एडियरलाई दोस्रो बलमै बोल्ड गरेका थिए। उनले पहिलो बलमा चौका हिर्काएका थिए।

    यस्तै ललित राजवंशीले कोड कारमाइकललाई चौथो ओभरमा ८ रनमा एलबिडब्लूको धरापमा पारे। सातौ‌ं ओभरको दोस्रो बलमा गुल्सन झाले मोर्गन टपिङ शून्यमा बोल्ड गरे। कप्तान निल रकलाई गुल्सनले नै नवौं ओभरको पहिलो बलमा ५ रनमा कुशल मल्लबाट क्याच गराए।

    यस्तै ग्यारेथ डेलिनीलाई कुशल मल्लले ४ रनमा क्याच गराए। कुशल भुर्तेलले फिन ह्यान्डलाई ११ रनमा क्याच गराउँदा ललित राजवंशीले म्याकार्थीलाई १६ रनमा एलबिडब्लूको धरापमा पारे।

    यस्तै १९औं ओभरको अन्तिम बलमा थोमस मायज १६ रनमा रनआउट भए। अन्तिम बलमा म्याथ्यु हमफ्री ६ रनमा रनआउट भए। बलिङमा नेपालका ललित राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले २-२ विकेट लिन सफल भए। करण केसी र कुशल मल्लले १-१ विकेट लिन सफल भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार