Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

    आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 591
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

    गएराति भएको खेलमा चेन्नईले गुजरात टाईटन्सलाई ६३ रनले हराउँदै जित निकालेको हो । चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।



    गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । चेन्नईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दिपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र एम पाथीरानाले समान १–१ विकेट लिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । चेन्नईका लागि शिभम दुबेले ५१ रन र रचिन रवीन्द्रले ४६ रन, कप्तान रुतुराज गाइक्वाडले ४६ रन बनाए भने ड्यारेल मिचेल २४ रनमा नटआउट रहे ।

    गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए । आईपीएलमा आज मुम्बई र सनराईजर्स हैदराबाद खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार