Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 237
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताएका छन्।

    द्वन्द्व पीडित परिवारका प्रतिनिधिहरूसँग सिंहदरबारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्,त्यसले गर्दा कतिपय समस्या भएको छ ।’



    प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले सरकारले चाहँदाचाहँदै पनि संक्रमणकालिन न्याय टुंगोमा लगाउन नसकिएको बताए।

    उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार