Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं र ललितपुरका यी स्थानमा ४ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने

    काठमाडौं र ललितपुरका यी स्थानमा ४ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार विभिन्न स्थानमा आज २ देखि ४ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुन लागेको हो ।

    काठमाडौंमा बाँसबारी, महाराजगञ्ज, मन्डिखाटार, गोल्फुटार लगायत महाराजगञ्ज वितरण केन्द्रको मन्डिखाटार महाराजगंज फिडर १ अन्तर्गत पर्ने स्थानहरूमा २ घन्टा बिजुली काटिने छ ।



    त्यहाँ ट्रान्सफर्मर अपग्रेडलगायतका काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म त्यस फिडरअन्तर्गतका क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ।



    त्यस्तै लगनखेल वितरण केन्द्रको जावलाखेल फिडर अन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, ए।भी।एम चोक लगायतका क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार