Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आईपीएल : धोनीको विस्फोटक ब्याटिङका बाबजुद दिल्लीसँग चेन्नई पराजित

    आईपीएल : धोनीको विस्फोटक ब्याटिङका बाबजुद दिल्लीसँग चेन्नई पराजित

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 1.7K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।

    विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो ।



    जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा १ सय ७१ रन मात्र जोड्न सक्यो ।



    खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

    यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार