Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • लुम्बिनी प्रदेशसभाको बैठक आव्हान

    लुम्बिनी प्रदेशसभाको बैठक आव्हान

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 306
    SHARES

    दाङ । लुम्बिनी प्रदेश सभाको चौंथो अधिवेशन बिहीवार बस्ने भएको छ ।

    प्रदेश प्रमुख अमिक शेरचनले सभाको चौथो अधिवेशन चैत २२ गते बिहीबार दिनको ४ बजे बस्नेगरी आह्वान गरेपछि प्रदेश सभाले सूचना प्रकाशित गरेर अधिवेशन बोलाएका हुन् ।



    केन्द्रमा गठबन्धन परिवर्तन भएर माओवादीले फागुन समर्थन फिर्ता गरेका थिए । अल्पमतमा परेपछि चौधरीले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलाएर चैत ४ गते अन्त्य गरिदिएका थिए ।



    संविधानअनुसार मुख्यमन्त्री चौधरीले अल्पमतमा परेको ३० दिन अर्थात् २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्ने कानूनी व्यवस्था छ ।

    ‍विश्वासको मत प्रयोजनका लागि मुख्यमन्त्री चौधरीले मंगलबारको मन्त्रिपरिषद् बैठकले अधिवेशन आव्हान गर्ने निर्णय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार