Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डिएसपी बढुवामा कारबाही भोगेका इन्सपेक्टरहरुको हालिमुहाली

    डिएसपी बढुवामा कारबाही भोगेका इन्सपेक्टरहरुको हालिमुहाली

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 4K
    SHARES

    काठमाडौं । एसपी बढुवापछि नेपाल प्रहरीको डिएसपी बढुवा पनि विवादमा परेको छ । एसपी बढुवामा वरियता मिचिएको थियो भने डिएसपी बढुवामा त विभागीय कारबाही भोगेकाहरुकै हालिमुहाली भएको छ ।

    बिहीबार मध्यराती प्रहरी प्रधान कार्यालयले १९ इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको हो । गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच बढुवा सूचीमा सहमति भएपछि बढुवा समितिको बैठक बसेर सिफारिस गरेको हो ।



    बढुवा सिफारिसमा परेकामध्ये भिषणबाबु राई, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, रणबहादुर चन्द लगायत कारबाही परेका अधिकृत हुन् । राई दरबारमार्ग हुँदा तथा घर्तीमगर नागढुंगामा कार्यरत रहँदा कारबाहीमा परेका थिए ।



    त्यस्तै चन्द र ओलीलाई पनि नसियद दिएकोमा बढुवामा पर्न सफल भएका छन् । ९८ प्रतिस्पर्धीमध्येबाट १९ जनाको बढुवा भएको हो । जसमा शक्तिकेन्द्रकै हालीमुहाली देखिएको छ भने केहीले आर्थिक चलखेल गरेर बढुवा भएको चर्चा प्रहरीमा छ ।

    ८९ नम्बरमा रहेका राजन लामा एआइजी टेकप्रसाद राईको पिए भएकै आधारमा बढुवामा पर्न सफल भएका छन् । उनी स्नातक मात्र पास भएका अधिकृत हुन् । इन्सपेक्टर आधारभुत तालिम समेत दुई वर्षपछि गरेका थिए। त्यस्तै, ९५ नम्बरमा रहेका कमल खड्का त वैकल्पिकबाट पछि भर्ना भएका इन्सपेक्टर हुन् ।

    प्रहरी र नेपाल सरकारलाई नै मुद्दा हालेर भर्ना भएका उनी अहिले अरुलाई पछि पार्दै अगाडि बढुवा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले आयोगकै पावर लगाएर उनी बढुवा भएको चर्चा प्रहरीमा छ ।

    गृहमन्त्री पत्नी निकिता पौडेल तथा पिए दीपक बोहराले कतिपयलाई बढुवा गरेका छन् । बोहराले सुदुरपश्चिमका शैलेश्वरी बोहरा लगायतलाई बढुवा पार्न सफल भएको स्रोत बताउँछ । एसपी बढुवामा भन्दा डिएसपी बढुवामा अझ धेरै जालझेल भएको प्रहरी अधिकारी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार