Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • फ्रेन्डसिप कप : आज बरोडासँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

    फ्रेन्डसिप कप : आज बरोडासँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपमा नेपालले आज चौथो खेल बरोडा क्लबसँग खेल्दै छ ।

    खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।



    यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।



    त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आइतवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार