Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

    सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।

    सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको हो ।



    त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्रीहरू राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामानहरू त्यहाँ राख्ने गरिएको थियो।



    आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार