Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • डढेलो निभाउन जाँदा घाइते भएका एक सैनिकको मृत्यु

    डढेलो निभाउन जाँदा घाइते भएका एक सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 399
    SHARES

    फाइल तस्विर

    डोल्पा । सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका एक जना सैनिकको मृत्यु भएको छ।

    डढेलो निभाउन गएका जुम्लाका सैनिक जवान हेमन्त रावतको सोमबार साँझ मृत्यु भएको हो ।



    ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो।



    डढेलोमा परी रावतसहित २३ वर्षीय आशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते भएका थिए।

    सैनिक ब्यारेक र विद्यालयको बीचबाट आगो फैलिएकोले उग्ररूप लिएको थियो । अक्करे भीरमा फैलिइरहेको डढेलो अहिले पनि नियन्त्रणमा आइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार