Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • डोल्पाको डढेलोमा घाइते एक बालकको मृत्यु

    डोल्पाको डढेलोमा घाइते एक बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 231
    SHARES

    फाइल तस्विर

    डोल्पा । डोल्पामा आगलागीमा परेका एक बालकको मृत्यु भएको छ ।

    सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका १० वर्षका सूलज बुढाको मृत्यु भएको हो ।



    जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएकोछ। गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् ।

    उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्याइएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौं लैजान हेलिकप्टरको व्यवस्थाको गरेको छ ।

    गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीन जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार