Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इलाम र बझाङमा दुई जनाद्वारा उम्मेदवारी फिर्ता

    इलाम र बझाङमा दुई जनाद्वारा उम्मेदवारी फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 471
    SHARES

    काठमाडौं । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को प्रतिनिधिसभा सदस्य तथा बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र-१ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

    इलाम-२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो ।



    स्वतन्त्र उम्मेदवार श्री केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न समेत प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।



    प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएको थियो ।

    नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार