Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपनिर्वाचनको आचारसंहिता लागू, कसले के गर्न मिल्दैन ?

    उपनिर्वाचनको आचारसंहिता लागू, कसले के गर्न मिल्दैन ?

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 255
    SHARES

    काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।

    आयोगले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो।



    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।



    उनका अनुसार आयोगले आजै उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक राखेर आचारसंहिता पालना गर्न/गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ। मतदान भने वैशाख १५ गते शनिबार हुनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार