Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने

    एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 285
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ ।

    सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णय गरेको हो ।



    राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन्।



    उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।

    ५९ सदस्यीय राष्ट्रियसभामा सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीको बहुमत भएकाले घिमिरेको जीत निश्चित जस्तै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार