Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इरान र रुसको ‘आतङ्कवाद’ विरुद्ध संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह

    इरान र रुसको ‘आतङ्कवाद’ विरुद्ध संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 636
    SHARES

    फाइल तस्विर

    किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार इजराइलमाथि तेहरानको आक्रमणको निन्दा गरेका छन् । उनले रुस र इरानको ‘आतङ्कवादी’ हमलाका लागि संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह गरेका हुन् ।

    “इरानको कारवाहीहरू पूरै क्षेत्र र संसारलाई खतरा हो, जस्तो रुसको कारवाहीबाट ठूलो सङ्घर्षको खतरा छ”, सामाजिक सञ्जाल एक्समा उनले भने, “आतङ्कवाद फैलाउनमा दुवै शासनबीचको स्पष्ट सहयोगले संसारबाट दृढ र एकजुट प्रतिक्रियाको सामना गर्नुपर्छ, युक्रेन शाहिद ड्रोन र मिसाइलमार्फत इजराइलमाथि इरानको आक्रमणको निन्दा गर्दछ ।”



    रुसले युक्रेनविरुद्ध युद्धमा ठूलो सङ्ख्यामा इरानी ड्रोनको प्रयोग गरेको छ तथा जेलेन्स्कीले युक्रेन र इजराइलको अनुभवलाई जोडेका छन् । “हामीले युक्रेनमा रुसले गरेको यस्तै प्रकारको आक्रमणहरूको भयावहतालाई राम्रोसँग जानेका छौँ, रुसले पनि उस्तै हवाई हमलाको रणनीतिमार्फत समान ‘शाहिद’ ड्रोन र रुसी मिसाइलहरूको ठूलो मात्रामा प्रयोग गर्दछ ।”



    युक्रेनमा धेरै मानिसले मिसाइल र ड्रोन हमलालाई रोक्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई उद्धृत गर्दै शनिबार इजराइलका लागि आएको पश्चिमी समर्थन युक्रेनका लागि आएको समर्थनभन्दा धेरै भएको गुनासो गरेका छन् ।

    युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘ठोस सहायता’ ले मात्र मिसाइल र ड्रोन हमलालाई रोक्न सक्ने बताए । साथै उनले युक्रेनका लागि अमेरिकी युद्ध सहायता जारी राख्न अपिल गरे । अमेरिकी कांग्रेसमा लामो समयदेखि उक्त सहायता प्याकेज रोकिएको छ ।

    “अमेरिकी कांग्रेसले यो महत्त्वपूर्ण समयमा अमेरिकाका सहयोगीहरूलाई बलियो बनाउनका लागि आवश्यक निर्णय लिनेछ भन्ने महत्त्वपूर्ण छ”, उनले भने । रासस/एएफपी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार