Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रामनवमी पर्व आज, देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

    रामनवमी पर्व आज, देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 357
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।

    हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।



    भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।



    ‘मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ,’ उनले भने, ‘पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।’ आजका दिन व्रत बसी श्रीरामको पूजापाठ, व्रत, उपासना र जप-ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने धार्मिक मान्यता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार