Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आगलागीमा परेर एक वृद्धको जलेर मृत्यु

    आगलागीमा परेर एक वृद्धको जलेर मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 306
    SHARES

    फाइल तस्विर

    दाङ । दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा लमही नगरपालिका ९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन् ।



    बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उनका नाति राजेन्द्र बोटेले बताए। ​



    मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै भतिजा पर्ने हुकुमबहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

    बिहिवार अपरान्ह ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो। आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार