Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यूएईविरुद्ध सन्दीप जोराले बनाए अर्धशतक

    यूएईविरुद्ध सन्दीप जोराले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 351
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् ।

    अर्धशतक प्रहार गरेलगत्तै उनी आउट भएका छन्। युएईसँग टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।



    सन्दीपले ४ चौका र २ छक्कासहित ५० रन बनाए।



    नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

    चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेले । उनले ४० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५० रन बनाएका हुन् ।

    उनलाई यूएईका बलर मुहम्मद फारुकले मुहम्मद वसिमद्वारा क्याच गराए । १४.४ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालले ८० रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार