Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ठूलो माछा भनेर पछि हट्दिनँ, इमान नै मेरो सम्पत्ति हो : गृहमन्त्री लामिछाने

    ठूलो माछा भनेर पछि हट्दिनँ, इमान नै मेरो सम्पत्ति हो : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 357
    SHARES

    इलाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू इमानको एउटा सम्पत्ति बोकेर हिँडिरहेको बताएका छन् ।

    इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई भोट माग्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    उनले बैमानहरुको बीचमा इमान्दारिताको प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक नभएको बताए।



    गृहमन्त्री लामिछानेले भने, ‘आज हामीले देशभरको सरकारी जमिन हडपेर गैरकानूनी रुपमा धन्दा गरेका ठाउँलाई सबै ठाउँमा शिल गर्नको लागि हामीले परिपत्र जारी गरेका छौं । तर, भोलिपल्ट समाचारमा के आउँछ मलाई थाहा छैन । सानो माछा होस्, ठूलो माछा होस् पक्रिन सकिन्छ, बर्षौको धुलो टकटक्याउन समय लाग्छ ।’

    गृहमन्त्री लामिछानेले भ्रष्टाचारका फाइललाई एकातिर लुकाएर नयाँ पनि त्यस्तै हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए ।

    उनले आफ्नो पार्टीका सांसद सरकारमा गएपछि महत्वपूर्ण कदम चालिरहेको बताए ।

    उनले इलामको विकासको मुद्दा बोकेर हिँडेका आफ्ना पार्टीका उम्मेदवार मिल लिम्बूलाई जिताउन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार