Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

तुइन खोला पहिरो पन्छाउन तीन-चार घण्टा लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

तुइन खोला पहिरो पन्छाउन तीन-चार घण्टा लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

सोमवार , आश्विन १३, २०८२

मुग्लिङ- नारायणगढ सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ।

अहिले कार्यालयका दुई उपकरणमार्फत पहिरो पन्छाउने काम सुरु भएको हो। सडक डिभिजन भरतपुरका अनुसार पहिरो थप नझरे करिब ३–४ घण्टामा पन्छाइसकिनेछ।

मध्याह्न १२ बजेदेखि पहिरोका कारण आवागमन दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

कार्यालयले सकभर वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुलाई सुझाएको छ।

रोकिएका सवारीसाधनलाई लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन सडक डिभिजनले आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077