Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चरित्र हत्या गर्ने प्रत्यन गरियो, पूर्वाग्रहकाविरुद्ध जस्तासुकै प्रतिरोध गर्न तयार छु : महेश बस्नेत

चरित्र हत्या गर्ने प्रत्यन गरियो, पूर्वाग्रहकाविरुद्ध जस्तासुकै प्रतिरोध गर्न तयार छु : महेश बस्नेत

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न लागिएको भन्दै मिडिया ट्रायल गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले साइबर ब्यूरोलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दा सत्ताधारीहरू आत्तिएको दाबी गरेका छन् ।

बस्नेतले आफ्नो अन्तिम सास रहुन्जेल देश र राष्ट्रियताको पक्षमा आवाज उठाइरहने बताए । उनले लेखेका छन्–‘जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिरहेको छ । विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोज्ने दानवीय प्रवृत्तिविरुद्ध मेरो आवाजले सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ। तर, म सधैँ सत्य र राष्ट्रियताको पक्षमा बोलिरहनेछु।’

बस्नेतले जेनजी सरकारको अमानवीय र अलोकतान्त्रिक गतिविधिविरुद्ध नेपाली युवा र एमाले तयार रहेको बताएका छन् । उनले एमाले अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य र सचिवालय बैठकमा आफ्नो भूमिकाप्रति सरकार थरथर काँपेको बताए । ‘

उनले भनेका छन्–‘मेरो दायित्व हो, कसैको ह्यारेसमेन्टले मलाई रोक्न सक्दैन ।’ राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफू सधैँ अडिग रहने बस्नेतको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077