काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा आज बेलुकादेखि भोलि बिहानसम्म यी स्थानमा भारी वर्षाको चेतावनी विज्ञहरुले दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका छन्।
उनले भने- 'नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको अवस्था छ। यसले विशेष गरेर आज बेलुका ७-८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा ‘त्यसकारण सबैलाई सचेत रहन बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन अनुरोध छ।'
आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरे ।