Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौं महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु

काठमाडौं महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा सरसफाइ सुरु गरेको छ ।

शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित बल्खु, टेकु, विष्णुमती करिडोरलगायत क्षेत्रमा नगर प्रहरी र सफाइकर्मीको सहायताले सफाइ तथा हिलो व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ।

नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका एक सय जना कामदार, तीन वटा जेसिभी, तीन वटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा काम भएको छ।

बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडि, टेकु दोभान, बङ्सीघाट, च्यासल, शङ्खमूल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा बाढीजन्य सफाइको काम गरिएको थापाले जानकारी दिए।

बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077