काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि २४ असोजभित्र हस्ताक्षर गरिसक्न भनेका छन्।
मंगलबार भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूलाई यस्तो अपिल गरेका हुन् ।
‘शर्माले भनेका छन्-'हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस्'
जेनजी आन्दोलनसँगै परिस्थिति बदलिएपछि कांग्रेसमा इतर समूहले विशेष महाधिवशेनको विषय जोडतोडले उठाइरहेका छन्। संस्थापन पक्षले नियमित महाधिवेशन नै धकेल्न खोजिरहेका बेला इतर समूहले भने विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन नै सुरु गरिसकेका छन्।
कांग्रेसको केन्द्रीय समितिको बैठक २६ असोजमा बस्दैछ ।
कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै उनीहरूलाई महामन्त्री शर्माले भनेका छन्- 'लगन पछिको पोते के काम १ु ‘कयौं जिल्लाबाट टेलीफोन र म्यासेजमार्फत नेपाली कांग्रेसका आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरूले सोेधिरहनु भएको छ, हस्ताक्षर गर्नुस् है भनेर आफैँ टेलिफोन गरेर मैले कसैलाई पनि भनेको छैन। तर शोध्ने मित्रहरूलाई भन्ने गरेको छु हस्ताक्षर गर्नोस्।'
उनले आफूलाई धेरै जिल्लाबाट फोन र म्यासेजमार्फत कांग्रेसका महाधिवेशन प्रतिनिधिहिरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कि नगर्ने भन्दै सोध्ने गरेको बताएका छन्।