Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्जाको सीमा हटेपछि सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक

कर्जाको सीमा हटेपछि सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । ओरालो लाग्दै आएको सेयर बजारमा आज भने पोजिटिभ सर्किट ब्रेक लागेको छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाएको भोलीपल्ट कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेकोहो ।

सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ । अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा उच्च वृद्धि देखिएको हो।

११ः०३ बजेसम्म नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ । यतिबेलासम्म २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

२१३ कम्पनीको मूल्य बढ्दा ३ को घटेको छ भने ३ को स्थिर छ । लगानी तथा व्यापार ५ प्रतिशत बढेका छन् । बैंकिङ र विकास बैंक ४ प्रतिशत बढेका छन् । यीबाहेक सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077