काठमाडौं । पहिलो तीन मिनेटमा सकारात्मक ‘सर्किट’ लागेको सेयर बजार २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा बन्द भएको छ ।
बजार खुलेको पहिलो तीन मिनेटमा ४ प्रतिशत बढेर नेप्से परिसूचक २० मिनेटका निम्ति बन्द भएको थियो । त्यसपछिको कारोबारमा बजार सम्हालियो । कारोबार रकम भने घटेको छ ।
पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार पाँच अर्ब ७६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
२०० कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक घटेको छ ।