Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतले भने - फरार कैदीले गरेको हत्याको जिम्मा बालेन र रविले लिनुपर्छ

महेश बस्नेतले भने - फरार कैदीले गरेको हत्याको जिम्मा बालेन र रविले लिनुपर्छ

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले हालैको जेलबाट कैदी भगाउने घटनासँगै भएको हत्या प्रकरणको जिम्मा बालेन शाह र रवि लामिछानेले लिनुपर्ने बताएका छन् ।

नख्खु कारागारबाट भागेका कैदीले बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई खुकुरी हानेर हत्या गरेपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

बस्नेत अनुसार, फरार कैदी राप्ती गाउँपालिका–१ का आकाश मगरले असोज १३ गते गल्लीस्थित ह्याप्पी होटल अगाडि मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई खुकुरी हानेर घाइते पारेका थिए। उपचारको क्रममा १४ गते वीर अस्पतालमा उनको मृत्यु भएको थियो।

आकाश मगर लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा थुनामा रहेका थिए । तर, जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरका कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । यस घटनापछि सयौं कैदी फरार रहेका छन् ।

यसअघि जेलबाट भागेका काभ्रे पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङले असोज ५ गते आफ्नै पत्नी मनीषाको हत्या गरी शव खाल्डोमा गाडेको घटना सार्वजनिक भएको थियो ।

महेश बस्नेतले यस्ता घटनाहरूको पूर्ण जिम्मेवारी जेनजी आन्दोलन उचाल्ने काठमाडौंका मेयर बालेन शाह र जेल तोडेर कैदी भगाएर आफूलाई हिरो बनाउने रास्वपाका सभापति रविले लिनुपर्ने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077