Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट- चुनावका विषयमा छलफल

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट- चुनावका विषयमा छलफल

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर अध्यक्ष दाहालले फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन्।

अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने बिषयमा पनि परामर्श भएको जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको बानेश्वरस्थित संसद भवनको  व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको अध्यक्ष दाहालले बताए ।

त्यस्तै प्रधानमन्त्री कार्कीसंग राष्ट्रियसभामा रहेका विधेयकहरूका बारेमा समेत छलफल भएको छ ।

प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिएको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077