Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय सर्वसम्मत: महासचिव पोखरेल

प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय सर्वसम्मत: महासचिव पोखरेल

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको पुनर्स्थापना गर्नुपर्ने सर्वसम्मत निर्णय गरेको छ।

महासचिव शंकर पोखरेलले सचिवालयको ५८ औं बैठकले संसद पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत् भने- 'केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको छ।'

शुक्रबार र आइतबार भक्तपुरमा बसेको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको हो। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि बैठकका निर्णय सुनाउँदै प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको जानकारी दिए।

ज्ञवालीले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको दाबी गरे। एमालेले पार्टीको महाधिवेशन मंसिरमा गर्ने, प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ।

यस अगाडि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीको नेतृत्वमा गठित सरकार र प्रतिनिधिसभा विघटनको वैधतामा सार्वजनिक रुपमै प्रश्न उठाएका थिए।

भदौ २३ गतेको जेनजी आन्दोलनपश्चात एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ गते राजीनामा दिएका थिए।

त्यसपश्चात सांसद नभएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। त्यसलगत्तै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077