Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ बानेश्वरमा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

नयाँ बानेश्वरमा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित मीनभवनमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । बानेश्वरबाट सिभिल अस्पतालतर्फ मोड्दै गरेको स्कार्पियो र सोही दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार दुर्घटनामा गोरखा सिरानचोक घर भई काठमाडौँमा बस्दै आएका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको हो ।

उनी सवारी दुर्घटनापछि गम्भीर घाइते भएका थिए र उपचारका लागि सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा संलग्न बा.८१ प ४०१० नम्बरको मोटरसाइकल र बिएबी ०३६५ नम्बरको स्कार्पियो एकआपसमा ठोक्किएका थिए। स्कार्पियो चालक काठमाडौँको कपन घर भएका ४३ वर्षीय कृष्णकुमार कुइँकेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

मृतकको शव हाल सिभिल अस्पतालमै राखिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान प्रहरी वृत्त नयाँ बानेश्वरले गरिरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077