Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जन्ती बोकेको जिप सल्यानमा दुर्घटना: ४ को मृत्यु, १४ घाइते

जन्ती बोकेको जिप सल्यानमा दुर्घटना: ४ को मृत्यु, १४ घाइते

आइतवार , बैशाख ६, २०८३

सल्यान । बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

शनिबार साँझ करिब साढे ५ बजे भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।

थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिण्डे–१२ धाइरेमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर घाइते ३० वर्षीय मनबहादुर थापाको भने मेहलकुना अस्पताल मा उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेहरूमा अम्मर सिंह कुँवर, डम्मर घर्ती, जनक थापा, भुपेन्द्र कुँवर, भुलबहादुर थापा, जुगसिंह पुन र चालक कुलबहादुर राना रहेका छन्।

अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको थियो।

प्रहरीका अनुसार जिप बनगाड कुपिण्डे–८ निवासी ३८ वर्षीय कुलबहादुर रानाले चलाएका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077