Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बुधवार , बैशाख २, २०८३

कैलाली , कैलालीमा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-७ गुलरामा मंगलबार बेलुका सु.प.प्र.०१-००१ ज १४२१ नम्बरको हाइसले सु.प.प्र.०१-१३प ५१३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार लम्किचुहा नगरपालिका-८ का ३३ वर्षीय गगन राना मगर र सोही ठाउँका २४ वर्षीय पुष्प सुनार दुवै जना गम्भीर घाइते भएका थिए।

उपचारका लागी टीकापुर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाइस चालकको खोजी भइरहेको छ भने गाडीधनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077