Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकपमा नेपाल

टी–२० विश्वकपमा नेपाल

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेपालले आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपका लागि ऐतिहासिक रूपमा लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक स्थान पक्का गरेको छ ।

ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोट प्रतियोगितामा शीर्ष तीनमा स्थान सुरक्षित गरेसँगै नेपालले विश्वकप यात्रा सुनिश्चित गरेको हो ।

यससँगै नेपालले पुनः विश्व क्रिकेटको ठूलो मञ्चमा आफ्ना प्रतिभा र क्षमतालाई देखाउने अवसर पाएको छ ।

गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा समेत सहभागी भएको नेपालले यसपटकको विश्वकपमा पनि बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नेपाल क्रिकेट टिमको नेतृत्व यसपटक पनि कप्तान रोहितकुमार पौडेलले नै गर्ने भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077