Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई

विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सन् २०२६ को टी–२० विश्वकपमा तेस्रो पटक छनोट हुँदै सफलता हात पारेको अवसरमा बधाई दिएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति पौडेलले सम्पूर्ण खेलाडी, प्रशिक्षक टोली र नेपाल क्रिकेट संघ (क्यान) प्रति धन्यवाद ज्ञापन गर्दै यो उपलब्धि निरन्तर परिश्रम, समर्पण र अनुशासनको नतिजा भएको उल्लेख गरेका छन् ।

उनले नेपाली टोलीको यो ऐतिहासिक उपलब्धिले राष्ट्रको गौरव बढाएको बताउँदै आगामी विश्वकप यात्रामा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

साथै, उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उजागर गर्न खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077