Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन पसलमा छापा मार्न पुगेको प्रहरीले चलायो गोली

सुन पसलमा छापा मार्न पुगेको प्रहरीले चलायो गोली

शुक्रवार , आश्विन ३१, २०८२

जनकपुरधाम । जनकपुरको सोनारपट्टी बजार क्षेत्रमा शुक्रबार साँझ गोली चलेको छ । एक सुनचाँदी व्यवसायीको पसलमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि अवरोध भएपछि स्थिति तनावपूर्ण बनेको र त्यसक्रममा प्रहरीले गोली चलाएको हो ।

बिलबिजकबिना सुन–चाँदी खरिद बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोली सोनारपट्टी पुगेको थियो । तर, प्रहरीले छापा मार्ने क्रममा व्यवसायीहरूले अवरोध र विरोध प्रदर्शन गरेपछि विवाद बढेको बताइएको छ ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनापछि क्षेत्रको वातावरण केहीबेर तनावपूर्ण बनेको थियो । हाल प्रहरीको थप टोली घटनास्थलमा खटाइएको छ। थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077