Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चुनावी सुरक्षा रणनीति बनाउन आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

चुनावी सुरक्षा रणनीति बनाउन आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । सरकारले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्दै एकीकृत सुरक्षा रणनीतिको निर्माणलाई तीव्रता दिएको छ ।

यसै सिलसिलामा शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन् भने आइतबारका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

राष्ट्रपति पौडेलको आह्वानमा शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू तथा चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखहरूको उपस्थिति थियो।

छलफलमा निर्वाचनका लागि अनुकूल राजनीतिक वातावरण निर्माण गर्नेदेखि मुलुकको समग्र सुरक्षा अवस्थालाई सुदृढ पार्ने उपायहरूबारे गहन विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने तयारी भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077